आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हेकुली दाङले संस्थामा आवद्ध सदस्यहरुका लागि १ दिने व्यावसायिक कृषि तथा तरकारी खेती तालिम प्रदान गरेको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय हेकुलीका प्रमुख प्रतीभा शर्माको अध्यक्षता तथा दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको प्रमुख आथित्यतामा १ दिने व्यावसायिक कृषि तथा तरकारी खेती तालिम सम्पन्न गरीएको हो ।
तालिमको उद्घाटन गर्दै दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी वलि खड्काले सदस्यको आयस्तर, क्षमता अभिबृद्धिका लागि गरेको तालिमको प्रसंशा गर्दै तालिममा सिकेको कुरालाई व्यबहारमा उतार्न तालिमका सहभागीहरुलाइ आग्रह गर्नुभएको थियो ।
सोहि अवसरमा दंगीशरण गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुकलाल चौधरीले तालिम अत्यन्तै महत्त्वपूर्ण रहेको बताउँदै तालीममा सिकेको कुरालाई व्यावहारमा उतार्न र आत्मनिर्भर हुन सुझाव दिनुभयो ।
कार्यक्रमकै अर्का अथिती दंगीशरण गाउँपालिका वडा न ४ का वडाध्यक्ष कमल चौधरीले आरम्भ चौतारी लघुबित्तले गरेको व्यावसायिक कृषि तथा तरकारी खेती तालीमको लागि संस्थालाई बिशेष धन्यवाद दिदै लघुवित्तको बारेमा आएको अनावश्यक टीकाटिप्पणी गलत रहेको बताउनुभयो ।
त्यस्तै इलाका प्रहरी कार्यालय हेकुलीका कार्यालय प्रमुख दिग बिजय केसीले आर्थिक आय आर्जन तथा आत्मनिर्भर हुनकालागि केहि न केहि लघुउधममा जोडिन आवस्यक रहेको बताउनुभयो ।
तालीमको प्रशिक्षकको रुपमा दंगीशरण गाउँपालिकाका कृषि अधिकृत मान बहादुर डाङ्गी र जे.टी.ए. योगमाया कुवर रहनुभएको थियो । तालिममा ६० जना सदस्यहरुको सहभागीता रहेको थियो ।
संस्थाको लुम्बिनी प्रदेश अन्तर्गतका कार्यक्रम अधिकृत गीता राउतले तालिमको उदेश्य सहित स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण कार्यालयका कर्मचारी नबिना डिस्वाले गर्नुभएको थियो ।
आरम्भ चौतारी लघुवित्त शाखाले दियो व्यावसायिक कृषि तथा तरकारी खेती तालिम